Shikhar Insurance
National Life

एयरबस–३२० नियोको स्पेयर पार्टस नपाएपछि भारतको पाँचौं ठूलो एयरलाइन्स गो फर्स्ट बन्द हुँदै

सिंहदरबार संवाददाता
२०८० बैशाख २२, शुक्रबार १०:२५
Hyundai
NCELL
NIMB

भारत । भारतका सबै बिमानस्थलहरुमा गो फर्स्ट एयरलाइन्सका काउन्टरहरुमा सन्नाटा छाएको छ । एयरलाइन्सको ग्राहक सेवा केन्द्रका फोन लाइनहरु यात्रुहरुको कलका कारण लगातार व्यस्त छन् । भारतको बजेट एयरलाइन्स गो फर्स्टले २, ३ र ४ मेका सबै उडानहरु रद्ध गर्ने निर्णय गरेको छ । कम्पनीले खारेजी प्रक्रियाका लागि निवेदन दिईसकेको छ ।

प्रभावित यात्रुहरुलाई पुरै रकम फिर्ता गर्ने प्रतिवद्धता कम्पनीले गरिरहेको छ । देशका ३४ ठाउँबाट गो फर्स्टको टिक बुक गर्ने यात्रुहरु आक्रोशित छन् । उनीहरुको उडान अन्तिम समयमा रद्ध गरिएको थियो । यसै गरि सन २०१९ मा जेट एयरलाइन्सले आफ्ना उडानहरु अकस्मात बन्द गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन २०१९ मा जेट एयरलाइन्सले आफ्ना उडान बन्द गरिरहेका बेला गो फर्स्टले भने धमाधम सेवा विस्तार गरेर आईपीओ जारी गर्ने तयारी गरिरहेको थियो । तर चार बर्षपछि जेट एयर जस्तै गो फर्स्ट पनि टाट पल्टियो । गो फर्स्टले खारेजीका लागि नेशनल कम्पनी कानुन ट्रिब्युनलमा सुनुवाई हुनेछ ।

गो फर्स्ट भने वित्तिय संकटका कारण बन्द हुने अवस्थामा पुगेको होइन । यसको इञ्जिनहरुमा समस्या थियो जसले गर्दा कम्पनीको आम्दानी प्रभावित हुन पुग्यो । गो फर्स्टले खारेजीका लागि दिएको निवेदन अनुसार कम्पनीले हालसम्म बैंक ऋणको सबै साँवा तथा ब्याजको किस्ता भुक्तानी गरिरहेको छ ।

अमेरिकी इञ्जिन निर्माता कम्पनी प्राट एण्ड ह्विटनी मेजरमेन्ट सिस्टम इंकको मेसिनले काम नगरेपछि गो एयर समस्यामा परेको हो । इञ्जिन नपाएर उडान बन्द गर्नुपरेपछि कम्पनीको आम्दानीमा प्रभाव पर्यो र अन्ततः कम्पनी नै खारेज गर्नुपर्ने अवस्थामा पुग्यो छ । गो फर्स्टले इञ्जिनका कारण २५ बिमानहरुको उडान बन्द गर्नु परेको थियो । जसमा आधा जहाज एयरब ए–३२० नियो थिए । यसका कारण कम्पनीलाई एक खर्ब ८ अर्ब(१०,८०० करोड) भारु नोक्सानी भयो ।

कम्पनीका अनुसार प्राट एण्ड ह्विटनीले अन्तरिम राहतस्वरुप सन २०२३ को अप्रिल २७ सम्म कम्तिमा १० चालु इञ्जिन उपलब्ध गराउनुपर्ने थियो । तर अमेरिकी कम्पनीले त्यस्तो इञ्जिन उपलब्ध गराएन् । प्राट एण्ड ह्विटनीले भने सन २०२३ को मार्चसम्म आफुले अन्तरिम राहत सम्बन्धी फैसला कार्यान्वयन गरेको र यो अदालतमा पुगेकाले थप प्रतिक्रिया नदिने बताएको छ ।

गो फर्स्टले करिब ९० प्रतिशत इञ्जिन प्राट एण्ड ह्विटनीको इञ्जिन समावेश भएको ए–३२० नियो बिमान उडाईरहेको थियो । स्पेयर पार्टसको अनुपलब्ताका कारण कतिपय बिमानहरुलाई सन २०२२ बाटै उडानमा रोक्नु परेको थियो । गो फर्स्ट भारतको पाँचौँ ठूलो एयरलाइन्स कम्पनी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्