Shikhar Insurance
National Life

पाँच कारोबार दिनपछि दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ७३ करोडमाथि

सिंहदरबार संवाददाता
२०८० बैशाख २१, बिहीबार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले सुधार भएको छ । गत साताको बुधबारदेखि निरन्तर घटेको सेयर बजार छैटौं कारोबारको दिन भने दोहोरो अंकले बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहिबार १२.७३ अंकले बढेर १,८६९.७३ को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.०७ अंकले बढेर ३५७.९१ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसदिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरीमा २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर ७३ करोड २६ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारेबारको दिन अर्थात बुधबार नेप्से ९.१८ अंकले घट्दा ६२ करोड २ लाख रुपौँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको १६२ कम्पनीको सेयर मूल्य बढेको छ । ५० कम्पनीको घटेको छ भने ६७ कम्पनीको सेयर मूूल्य स्थिर छ ।

नेप्सेका अनुसार यसदिन नबील ग्रोथ फण्डको मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्तको ९.१६ प्रतिशत, सयपत्री हाइड्रोपावर कम्पनीको ८.३७ र आत्मनिर्भर लघुवित्तको ८.२० प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबारमा आएको एनएमबी डिबेन्चर्स ८.५० प्रतिशत २०७८र८८ को मूल्य सबैभन्दा बढी ५.८५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। बैंकको साढे ४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन शिवम् सिमेन्टको २ करोड २१ लाख, नबील बैंकको १ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने, बाँकी कम्पनीको २ करोड भन्दा कम सेयर कारोबार भएको छ ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्