Shikhar Insurance
National Life

भारतीय फौजीका सन्तान अजय बंगाः जो अर्काे महिनादेखि सम्हाल्दै छन् विश्व बैंकको कमाण्ड

सिंहदरबार संवाददाता
२०८० बैशाख २१, बिहीबार १२:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय मुलका अमेरिकी व्यवसायी तथा मास्टरकार्डका पूर्व प्रमुख अजय बंगा विश्व बैंकको अध्यक्ष चयन भएका छन् । विश्व बैंकले एक विज्ञप्ति जारी गर्दै २ जुनदेखि बंगाले अध्यक्षको कार्यभार सम्हाल्ने र त्यो अवधी पाँच वर्षको रहने बताएको छ । अमेरिकी राष्ट्रपति जो वाइडनले बंगालाई विश्व बैंक अध्यक्ष बनाउने घोषणा गरेका थिए । बंगा भारतीय सेनाका बरिष्ठ अधिकृतका छोरा हुन् ।

अमेरिकाले गत फेब्रुअरीमा भारतीय मुलका अमेरिकी व्यवसायी तथा मास्टरकार्डका पूर्व प्रमुख अजय बंगालाई विश्व बैंकको प्रमुख पदका लागि मनोनित गरेको थियो । राष्ट्रपति जो बाइडनले बंगालाई मनोनित गरेका थिए । बंगाले डेबिड मलपासको स्थान लिनेछन् । जसलाई अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनित गरेका थिए । डेबिडले एक बर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरेर विदा हुँदै छन् । ह्वाइट हाउसका तर्फबाट जारी भएको विज्ञप्ति अनुसार बाइडनले भनेका थिए की बंगासँग विश्वस्तरिय कम्पनी बनाउने र सञ्चालन गर्ने तीन दशक लामो अनुभव छ । अजय बंगाले क्रेडिट कार्डको चिरपरिचित कम्पनी मास्टरकार्डको एक दशकसम्म नेतृत्व गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले भने उनी अमेरिकाकै प्राइभेट इक्वीटी कम्पनी जनरल एटलान्टिकको भाइस चेयरम्यान छन् । स्रोतहरुका अनुसार बंगाले आफ्नो अनुभवबाट निजी क्षेत्रसँगको समन्वयमा जलवायु परिवर्तनसँग जुध्ने काममा सफलता दिलाउन सक्नेछन् ।

को हुन अजय बंगा ?
अमेरिकीको नागरिकता लिईसकेका बंगाको जन्म भारतमै भएको हो । भारतबाटै उनले आफ्नो करिअर सुरु गरेका थिए । अजयका बुवा भारतीय सेनामा अधिकृत थिए । मास्टरकार्डमा जोडिनु अघि उनले नेश्रले र सीटी ग्रुपमा काम गरिसकेका थिए । सन २०१२१ मा मास्टरकार्डबाट अवकास लिएपछि उनी प्राइभेट इक्वीटी फर्म जनरल एटलान्टिकमा जोडिएका थिए । ३.५ अर्ब डलरको फण्ड पर्यावरण फण्ड रहेको कम्पनीको उनी सल्लाहकार परिषदमा पनि छन् ।
बंगाले पार्टनरशिप फर सेन्ट्रल अमेरिकका अध्यक्षका रुपमा ह्वाइट हाउससँग मिलेर काम गरिसकेका छन् ।
यो परियोजनाको उदेश्य सेन्ट्रल अमेरिकामा प्राइभेट सेक्टरबाट लगानी बढाउनु यसको उदेश्य थियो ताकी अमेरिका तर्फ ओईरिरहेका आप्रवासीहरुलाई रोक्न सकियोस् ।
सेन्टर फर ग्लोबल डेभलपमेन्टका डेपुटी कार्यकारी उपाध्यक्ष अमंडा ग्लासम्यानले भनेका छन् की बंगाको दशकौं लामो अनुभावका कारण विश्व बैंक प्रति रिपब्लिकन सदस्यहरुका बीचमा विश्वास बढ्नेछ । रिपलब्किन सदस्यहरुले अन्तराष्ट्रिय संगठनहरुको आलोचना गर्दै आईरहेका छन् ।

बंगाका चुनौती
उनी कस्तो अध्यक्ष सावित हुनेछन् भन्ने कुरा भने अझै एकिन भैसकेको छ्रन । किन की सरकार र विकासका काम गरेको अनुभव बंगासँग छैन् । विश्व बैंकको मुख्य काम नै विकास परियोजना र त्यससँग जोडिएका कामहरु अघि बढाउनु नै हो । नयाँ अध्यक्ष बंगासँग वित्तिय संसोधन बाहेक जलवायु परिवर्तन, अन्तराष्ट्रिय संघर्ष र महामारीको जोखिमसँगग जुध्नु पर्ने चुनौती पनि हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्