Shikhar Insurance
National Life

इतिहासकै उच्च बिन्दुमा सुनको भाउ, तोलाकै एक लाख ११ हजार ८ सय पुग्यो

सिंहदरबार संवाददाता
२०८० बैशाख २१, बिहीबार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहिबार सुनको मूल्य इतिहासमै पहिलो पटक प्रतितेला एक लाख ११ हजार ८ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मुल्य तोलामा एक हजार २ सय रुपैयाँ बढेको छ । बुधबार पनि सुनको मूल्य तोलाकै एक हजार ८ सय रुपैयाँले बढेको थियो ।

छापावाला सुन दुई दिनमा ३ हजार रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत २२ गते छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासंघका अनुसार बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कारोबार भएको थियो । तेजावी सुनको भाउ पनि बिहिबार एक हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।

चाँदीको भाउ पनि बिहिबार प्रतितोला एक हजार ४२५ रुपैयाँ पुगेको छ । बिहिबार चाँदीको मूल्य २० रुपैयाँले बढेको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्