Shikhar Insurance
National Life

नयाँ अर्थसचिवमा अर्जुन पोखरेल, तोयम राया उपराष्ट्रपति कार्यालयमा सरुवा

सिंहदरबार संवाददाता
२०८० बैशाख २०, बुधबार १९:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ अर्थसचिवमा अर्जुन पोखरेल आएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा अर्जुन पोखरेललाई जिम्मेवारी दिएको हो । अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। उनलाई तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएका थिए । एमाले सरकारबाट हटेपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्रीको प्रस्तावमा पोखरेललाई अर्थसचिव ल्याइएको हो ।

अर्थसचिवका लागि केबल भण्डारी, कृष्णहरि पुष्कर र पोखरेल दौडमा थिए । पुष्करप्रति अर्थमन्त्री डा. महत सन्तुष्ट नदेखिएपछि पोखरेल  अर्थसचिवमा सरुवा भएका हुन् । महतले केवल भण्डारीलाई सचिवमा ल्याउन खोजेपनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले नरुचाएका कारण भण्डारी ल्याउन सकेनन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलेनै उद्योग सचिव बनिसकेका पोखरेलले सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । अर्जुन पोखरेल हाल प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्