Shikhar Insurance
National Life

राष्ट्रपतिद्वारा तीन जना मन्त्री नियुक्त, तीनै जना कांग्रेसबाट

सिंहदरबार संवाददाता
२०८० बैशाख २०, बुधबार १७:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन ।

यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्