Shikhar Insurance
National Life

भारतकाे उपचार खर्च सरकारी ढुकुटीबाट नगर्ने राष्ट्रपतिको घोषणा

सिंहदरबार संवाददाता
२०८० बैशाख १९, मंगलवार १३:०८
Hyundai
NCELL
NIMB

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ व्यहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुटीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् ।

उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भएको थियो ।

राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्