Shikhar Insurance
National Life

लघु बीमा कम्पनीहरुका सिईओको तलब ४८ लाखसम्म, यी हुन जागिर सुरु गरेका चार भाई

सिंहदरबार संवाददाता
२०८० बैशाख १७, आईतवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । लाइसेन्स लगिसकेका चार वटा लघु बीमा कम्पनीहरुले सिईओ नियुक्त गरेका छन् । व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरि बीमा प्राधिकरणबाट स्थलगत अनुगमन गराउने तयारीमा रहेका चार वटा कम्पनीहरुले सिईओ नियुक्त गरेका हुन् । नव नियुक्त सिईओहरुको नियुक्ती, तलब भत्ता सम्बन्धी निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरण पुगेको छ ।

सुर्खेतको बिरेन्द्रनगर केन्द्रिय कार्यालय रहेको क्रेष्ट माइक्रो लाइफले प्रतापलाल श्रेष्ठलाई सिईओ नियुक्त गरेको छ । उनको तलब मासिक चार लाखका दरले बार्षिक ४८ लाख रुपैयाँ तोकिएको छ । श्रेष्ठले गाडी र आवास सुबिधा पाउनेछन् । त्यस बाहेक काठमाडौं आउने जाने जहाज टिकट समेत थप हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गार्डियन माइक्रो लाइफका सिईओ चिरायु भण्डारीले भने प्राधिकरणबाट स्वीकृति समेत पाईसकेका छन् । बिराटनगर केन्द्रिय कार्यालय रहेको गार्डियन माइक्रो लाइफले भण्डारीलाई बार्षिक ४४ लाख तलब, आवास र गाडी सुबिधासहित सिईओ नियुक्त गरेको हो । उनले काठमाडौं वा आफ्नो घर आउन जानका लागि जहाजको टिकट समेत प्राप्त गर्नेछन् । कम्पनीले आवश्यक भौतिक पूर्वाधार तयार गरिसकेको छ । गार्डियन माइक्रोमा दिपक भट्ट, शंकर ग्रुप, शेखर कोइराला, पशुपति मुरारका लगायतको लगानी रहेको छ ।

भरतपुर कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले मृगेन्द्र रिमाललाई सिईओ नियुक्त गरेको छ । रिमालले बार्षिक ३३ लाख रुपैयाँ तलब पाउनेछन् । त्यस बाहेक आवास, गाडी र काठमाडौं आउँदा जाँदाका लागि हवाई टिकटको सुबिधा पनि प्राप्त गर्नेछन् । गार्डियन, नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफका सिईओहरुको नियुक्ती बीमा प्राधिकरणबाट स्वीकृत भैसकेको छ ।

उता, धनगडीमा केन्द्रिय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि सिईओ नियुक्त गरेको छ । कम्पनीले नरेश रोक्कालाई सिईओ नियुक्त गरेको हो । उनको तलब मासिक ४ लाख रुपैयाँसहित आवास र गाडी सुबिधा रहेको छ । रोक्कालाई पनि काठमाडौं आउन जानका लागि जहाज टिकट कम्पनीले नै उपलब्ध गराउने छ । रोक्काको नियुक्ती भने बीमा प्राधिकरणबाट स्वीकृत भैसकेको छैन् ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुबिधा सम्बन्धी मार्गदर्शन, २०७४ अनुसार बीमकको दर्ता प्रमाणपत्र प्राप्त गरि प्रथम पटक नियुक्त भएको सिईओको तलब सम्बन्धी व्यवस्था अनुसार आएको प्रस्ताव स्वीकृत गरिएको बताए ।

४ लघुबीमा कम्पनीका अध्यक्षहरूको शपथग्रहण

चुनावकै बीच ‘गुपचुप ७ लघु बीमा कम्पनी’लाई लाइसेन्स

लघु बीमा कम्पनीका लागि ३१ आवेदन, नामावली सहित

दुई लघु बीमा कम्पनीलाई लाइसेन्स दिने बीमा प्राधिकरणको निर्णय

७ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय, चुक्ता पुँजी ७५ करोड

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्