Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९५ करोडमाथि

सिंहदरबार संवाददाता
२०८० बैशाख १७, आईतवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । गत साताको बुधबारदेखि घटेको सेयर बजार निरन्तर तेस्रो कारोबारको दिन पनि घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार १९.११ अंकले घटेर १,८७०.६५ को विन्दुमा झरेको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.९५ अंकले घटेर ३५८.१४ को विन्दुमा झरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने उल्लेख्या सुधार देखिएको छ । यसदिन दिनभरीमा २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर ९५ करोड ४३ लाख २२ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बिहिबार नेप्से २.२७ अंकले घट्दा ७३ करोड ९६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खदिबिक्री भएको थियो ।

आइतबार कारोबारमा आएको २६ कम्पनीको सेयर मूल्य बढेको छ । १८९ कम्पनीको घटेको छ भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड २ को मूल्य सबैभन्दा बढी ३.३३ प्रतिशतले बढेको छ । भने कारोबारमा आएएको एनआइबिएल ग्रोथ फण्डको मूल्य सबैभन्दा बढी ८.८९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको ३ करोड ५७ लाख, तारागाँउ रिजेन्सी होटलको ३ करोड ३१ लाख र नबील बैंकको ३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको ३ करोड भन्दा कम सेयर कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । कारोबारमा आएको हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत घटेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्