Shikhar Insurance
National Life

आरबिबि म्युचुअल फण्ड-२ बिक्री खुला, कति इकाईसम्म आवेदन दिन पाउँने ?

सिंहदरबार संवाददाता
२०८० बैशाख १७, आईतवार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड दोस्रो म्युचुल फण्ड निष्काशन गरेको छ । आरबिबि मर्चेन्ट बैंकिङ्गले आरबिबि म्युचुअल फण्ड २ आज (बैशाख १७ गते) देखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निष्काशन गरेको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईको १५ प्रतिशत वा १ करोड ८० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा बैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा बैशाख ३१ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ६ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्