Shikhar Insurance
National Life

रबि लामिछाने प्रधानमन्त्री बन्न तयार, १३ वटा मन्त्रालय बनाएर अरु दलले बाहिरैबाट समर्थन गर्नुपर्ने

सिंहदरबार संवाददाता
२०८० बैशाख १५, शुक्रबार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफु सरकारको नेतृत्व गर्न तयार रहेको सन्देश दिएका छन् । उप निर्वाचनमा निर्वाचित भएपछि सांसद पदको सपथ ग्रहणपछि बोल्दै उनले आफु सरकारको नेतृत्व गर्न तयार रहेको सन्देश दिएका हुन् ।

‘सबैलाई भाग लगाएर मन्त्रीमण्डल बनाउनु भन्दा १३ वटा मन्त्रालय बनाऔं, रास्वपाले सरकार चलाउँछ, अरुले बाहिरबाट समर्थन गरुन् । यसमा सबै तयार भए भने हामी डेलिभरी गर्न सक्छौं ।’ रास्वपा सभापति लामिछानेले सरकार चलाउने बिभिन्न उपायमध्येको एक उपाय सुझाउँदै भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकार सञ्चालनका बिभिन्न मोडलबारे आफुहरु खुला भएर छलफल गर्न तयार रहेको तर यथास्थितिमा सरकारमा जाने सम्भावना भने नरहेको स्पष्ट पारे । उनले आफुहरु सरकार स्थिर होस, देशमा स्थिरता आओस भन्नेमा दृढ रहेको तर स्थिरताका नाममा जस्तो सुकै गठबन्धन वा सरकारलार्य बोक्ने पक्षमा भने नरहेको स्पष्ट पारे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्