Shikhar Insurance
National Life

मेरोअटो मोटर र्‍‍यालीको तेस्रो संस्करण आगामी शुक्रबार हुने

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । मेरोअटो मोटर र्‍‍यालीको तेस्रो संस्करण आगामी बैशाख १५ र १६ आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्‍‍याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ ।

मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटरर्‍‍याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

र्‍‍यालीमा विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार सहभागि रहने आयोजकले जनाएको छ । उक्त र्‍‍यालीको ‘इन एशोसिएशन विथ’ लक्ष्मी हुन्डाई र बीवाइडी रहेका छन् ।

र्‍‍यालीको तयारी पुरा भएको जानकारी दिदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर र्‍‍यालीको तयारी गरेका छौं ।’

काठमाडौंको नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टार स्थित सिद्धार्थ होटल वाटर टावरमा समापन हुनेछ । र्‍‍याली शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ भने यसको समापन शनिवार गरिने छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्