Shikhar Insurance
National Life

२ अर्ब रुपैयाँ राख्ने बैंक खोज्दै राष्ट्र बैंक, को को छन् योग्य ?

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार १२:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब १४ करोड रुपैयाँ मुद्धति निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब बढी रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड १२ लाख, विकास बैंकहरुमा ३० करोड २ लाख र फाइनान्स कम्पनीहरुमा १० करोड गरी कुल २ अर्ब १४ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नका लागि प्रस्ताव आह्वान गरेको हो ।

सो रकम २०८० जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म ३६५ दिन अवधिको मुद्धति निक्षेपका रुपमा लगानी गर्न लागेको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बैशाख १७ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।
राष्ट्र बैंकले आफ्नो निक्षेप राख्नका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई केहि योग्यता पनि तोकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमा शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्नेछ ।

त्यस्तै, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्