Shikhar Insurance
National Life

अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाही पक्राउ

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौंको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । उनले ट्राफिक प्रहरीले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरेको बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्राफिक प्रहरीले अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरमा थप निगरानी बढाइएको प्रवक्ता भट्टले बताए।

अजरबैजान पुर्याइ ठगी गर्ने पक्राउ

नेपाल प्रहरीले अजरबैजान पुर्याइ ८ लाख ५० हजार रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अजरबैजानको होटलमा मासिक सात सय डलर कमाइ हुने भनी ८ लाख ५० हजार ठगी गर्ने दाङ लमही नगरपालिकाका २५ वर्षीय भीमकुमार सुनारलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले अजरबैजानको होटलमा मासिक सातसय डलर कमाइ हुन्छ भनी अजरबैजान लगेर पाँच महिनासम्म अलपत्र पारेको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिए । पीडित कमलप्रसाद भण्डारीले ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा दिएका थिए। पक्राउ सुनारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाइएको ब्यूरोले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्