Shikhar Insurance
National Life

कर्मचारीलाई तलब खुवाउन नसकेका बेला पूर्व लडाकुलाई पैसा बाढ्ने निर्णय स्वीकार्य हुन्नः डा कोइराला

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार १०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीका पूर्व लडाकुहरुलाई नगद रकम दिने निर्णय स्वीकार्य नहुने बताएका छन् । सरकारले माओवादीका पूर्व अयोग्य लडाकुहरुका नाममा रकम निकासा गर्ने लागेपछि काँग्रेस नेता डा. कोइरालाले त्यस्तो निर्णय स्वीकार्य नहुने बताएका हुन् ।

उनल फेसबुकमा स्टाटास लेख्दै क्यान्टोनेमेन्टको हिसाब किताब बुझाउन नसकेको आरोप पनि लगाएका छन् । उनले कर्मचारीहरुलाई नियमित तलब खुवाउन समेत नसक्ने अवस्था सृजना भएका बेला पूर्व अयोग्य लडाकुलाई पैसा दिने निर्णयका बिरोध गर्न आव्हान पनि गरेका छन् ।
डा. कोइरालाले फेसबुकमा लेखेका छन्
बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं।
उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्