Shikhar Insurance
National Life

कामना सेवा बिकास बैंकको सिईओमा दिनेश थकाली नियुक्त, जेठ १४ देखि कार्यभार सम्हाल्ने

सिंहदरबार संवाददाता
२०८० बैशाख १३, बुधबार २२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा बिकास बैंकको सिईओमा दिनेश थकाली नियुक्ति भएका छन् । थकालीले  प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको जिम्मेवारी सम्हालीसकेका छन् । थकाली यश अघि भने साढे दुई वर्षदेखि प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा कार्यरत थिए । थकालीले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातक सम्मको अध्ययन गरेका छन् । थकालीलाई बैसाख १३ गतेको बैठकले सिइओ नियुक्त गरिएको कामना सेवा बिकास बैंकका अध्यक्ष सुदिप आचार्यले पुष्टि गरे । थकालीले जेठ १४ गते बाट कार्यभार सम्हाल्ने छन् । बैंक केही महिनादेखी निमित्त सिईओको भरमा चल्दै आएको थियो । आक्रामक ब्यवसाय बिस्तार गरिरहेको कामना सेवालाई ख वर्गको एनआईसी एशिया बैंकको उपमा प्राप्त छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्