Shikhar Insurance
National Life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरका लागि धितोपत्र बोर्डको स्वीकृति

सिंहदरबार संवाददाता
२०८० बैशाख १३, बुधबार १४:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलार्य मर्जरका लागि अन्तिम स्वीकृत दिएको छ । बोर्डले बुधबार दुई निर्जीवन कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकआपसमा गाभ्नेरगाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा माघ १९ गते हस्ताक्षर गरेका थिए । नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको उपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरूहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतामा आईजीआईका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भईसकेको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डीडीएका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात एक बराबर एक कित्ताको अनुपातमा रहनेछ ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज हुने, स्वाप रेसिया एक बराबर

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्