Shikhar Insurance
National Life

स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम बनाउँदै पालिका

सिंहदरबार संवाददाता
२०८० बैशाख १२, मंगलवार १४:४६
Hyundai
NCELL
NIMB

बेदकोट । कञ्चनपुरमा स्थानीयस्तरको विषयलाई समेटेर स्थानीय तहले धमाधम पाठ्यक्रम निर्माण गरिरहेका छन् । कतिपय स्थानीय तहले पाठ्यक्रम निर्माण गरेर लागूसमेत गरिसकेका छन् भने कतिपय पाठ्यक्रम तयार गर्न सक्रिय छन् । पालिकाभित्रको विभिन्न विषयवस्तुलाई विद्यालयमा अध्यापन गराउनका लागि स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोही अनुसारको पाठ्यपुस्तक विद्यालयमा पठनपाठन भइरहेको छ ।

शुक्लाफाँटा नगरपालिकाले तयार पारेको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृत भएर लागू भएको प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। “केही कक्षामा यसअघि नै पाठ्यक्रम लागू भएर स्थानीय विषयवस्तु पठनपाठन हुन्थ्यो, आधारभूत तहका बाँकी कक्षामा यो वर्षदेखि पाठ्यक्रम लागू गरेका छौँ”, उनले भने, “अहिले शिक्षकहरुलाई त्यस बारेमा तालिम दिइरहेका छौँ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

बेदकोट नगरपालिकामा पाठ्यक्रम तयार भएसँगै कार्यान्वयनको चरण गइसकेको नगरपालिका शिक्षा शाखा प्रमुख मञ्जु थापाले बताए । “कक्षा १ को पाठ्यपुस्तक निर्माण गरेर सामुदायिक र संस्थागत विद्यालयले गत वर्षदेखि नै पठनपाठन गराइरहेका छन्, कक्षा २ को पाठ्यपुस्तक छपाइ गर्दैछौँ”, उनले भने । उनका अनुसार नगर कार्यपालिकाको बैठकले आधारभूत तहको पाठ्यक्रम स्वीकृत गरेपछि कार्यान्वयनको चरणमा गएको हो । पाठ्यक्रम तयार भए पनि जनशक्ति नहुँदा पाठ्यपुस्तक निर्माणमा समस्या भइरहेको उनको भनाइ छ ।

“पाठ्यक्रम तयार छ, पाठ्यपुस्तक निर्माण गाह्रो काम भएकाले एकैपटक पूरै कक्षाकोे पाठ्यपुस्तक निर्माण गरिसकेका छैनौँ”, शिक्षा शाखा प्रमुख थापाले भने, “पाठ्यपुस्तक निर्माणका लागि जनशक्ति पनि छैन, त्यसैले प्रत्येक वर्ष एक÷एक कक्षाको पाठ्यपुस्तक बनाउँदैछौँ ।” बेलौरी नगरपालिकाले यस वर्षदेखि लागू हुने गरी आधारभूत तह (कक्षा १ देखि ८ सम्म)मा स्थानीय विषयवस्तु समेटिएको पाठ्यक्रम बनाउँदैछ ।

पालिकाले सूचना जारी गरेर सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्थानीय विषयको पाठ्यक्रम सम्बन्धमा पत्राचारसमेत गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार पालिकाभित्रका आधारभूत तहका विद्यालयहरुमा स्थानीय विषयको पाठ्यक्रम लागू गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्