काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन–२ को उपनिर्वाचनमा जीत नजिक पुगेपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कुनै कारण नभएको बताएका हुन् ।
‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिरहनु पर्ने कारण देखेको छैन, सरकारमा जाने त सम्भावनै छैन ।’, लामिछानेले भने । उनले सरकारका कामकारवाही प्रति पार्टी सन्तुष्ठ नरहेको टिप्पणी पनि गरेका छन् । उनले अस्थिरता नहोस भन्ने नाममा गलत पात्रहरुलाई बोक्न नसकिने पनि स्पष्ट पारेका छन् ।
काठमाडौं फर्किएर अहिलेको सरकारबारे र नयाँ सरकार गठनबारे छलफल गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्