Shikhar Insurance
National Life

चुनाव जितेपछि डा. स्वर्णिमले भने–यी मतहरु मुलुककै मुहार फेर्न दिनु भएको हो, खेर जान दिन्न

सिंहदरबार संवाददाता
२०८० बैशाख १२, मंगलवार १०:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । तनहुँ १ बाट भारी मतान्तरसहित निर्वाचन जितेपछि डा. स्वर्णिम वाग्लेले मतदाताहरुलाई धन्यवाद दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले आफुले प्राप्त गरेको मत आफ्नो नभएर देशको मुहार फेर्नका लागि भएको पनि बताएका छन् । धन्यवाद र्यालीसहितका कार्यक्रम सार्वजनिक गरेका उनले भनेका छन्–‘यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।’

वाग्लेले फेसबुकमा लेखेका छन्
तनहुँ क्षेत्र नम्बर १, वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार १
सर्वप्रथम लोकतन्त्रका लागि प्राण आहुति दिने सम्पूर्ण शहीदहरू प्रति सम्मान व्यक्त गर्दछु । जसको कारण यस किसिमको उच्चतम लोकतान्त्रिक अभ्यासको प्रयोग गर्न पाएका छौँ ।
तनहुँ क्षेत्र नं. १ का सम्पूर्ण न्यायप्रेमी, विकासप्रेमी, विवेकशील मतदाता, आमाबुबा, दाजुभाई, दिदिबहिनीहरूलाई हृदयदेखि नै धन्यवाद ।
सम्पूर्ण मतदाताहरूले मलाई र हाम्रो पार्टी प्रति देखाउनु भएको अपार स्नेह, विश्वास र भरोसा प्रति म सदैब ऋणी हुनेछु ।
यस क्षेत्र बाहेकका देशका सम्पूर्ण सचेत नागरिकहरू जस्ले प्रत्यक्ष अप्रत्यक्षरूपमा आ–आफ्नो स्थानबाट गर्नु भएको सहयोग र प्रेरणाका लागि धन्यवाद ।
विदेशमा रहनुभएका सम्पूर्ण देशप्रेमी जनसमुदायहरू जस्ले आफ्नो मातृभूमिको विकाशका लागि आशा सञ्चार प्रवाह गर्ने विश्वासका साथ मलाई देखाउनु भएको सद्भाव र सहयोग प्रति धन्यवाद ।
यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।
यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।
देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु ।
चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरि यहाँका स्थानीय र प्रदेश सरकारका जन प्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रिया मार्फत योजनाहरू अघि बढाउने छु ।
राष्ट्रिय स्वतन्त्र पार्टी
तनहुँ क्षेत्र नं. १ निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेको बैशाख १२ गतेको तालिकाः
८ः०० बजे निर्वाचित भएको प्रमाणपत्र ग्रहण, मतगणना स्थल, दमौली
८ः१५ देखि १० बजे धन्यवाद यात्रा, अनसन चौतारी, दमौलीबाट बजार परिक्रमा
१० देखि ११ बजे दमौलीबाट बन्दिपुर यात्रा
११ देखि ११ः३० बजे बन्दिपुरमा धन्यवाद यात्रा
११ः३० देखि ११ः५० बजे बन्दिपुरबाट डुम्रे यात्रा
११ः५०देखि१२ः४५ बजे डुम्रेमा धन्यवाद यात्रा
१ः४५देखि २ः३० बजे नारेश्वरटार धन्यवाद यात्रा
२ः३० देखि ३ः३० बजे आँबुखैरेनी यात्रा
३ः३०देखि ४ः३० बजे आँबुखैरेनी धन्यवाद यात्रा
४ः३० देखि ५ः१५ बजे देवघाट जाने
५ः१५देखि ६ः०० बजे देवघाट धन्यवाद यात्रा
६ः०० बजे आआफ्नो स्थान फर्कने
खादामालाको कम प्रयोग गर्न सबैलाई अनुरोध छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्