काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण आइतबार धरान उप–महानगरपालिका वडा नं. ८, सुनसरीमा सम्पन्न भएको छ ।
उक्त सभाले विभिन्न एजेन्डासहित संस्थाको आव २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आव २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
साथै शेयरधनीहरुलाई चुक्ता पूँजीको १४।७५ प्रतिशतका दरले रु। २५,६५,६७,४००/– (अक्षरेपी पच्चीस करोड पैँसठ्ठी लाख सतसठ्ठी हजार चार सय मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थाले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्