Shikhar Insurance
National Life

तनहुँ–१ मा रास्वपाका वाग्लेले लिए ५ हजारभन्दा बढी मतान्तरले अग्रता

सिंहदरबार संवाददाता
२०८० बैशाख ११, सोमबार १२:०३
Hyundai
NCELL
NIMB

दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले ५ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजाअनुसार उनले ५ हजार २ सय ५६ मतान्तरले अग्रता लिएका हुन् । हालसम्म १३ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले १० हजार २ सय ५९ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आँबुखैरेनी–१, २, ३, ४, ५, ६, भानु–१०, ८, ३, ७, ४, ५ र भानु–११ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए।

आँबुखैरेनी–१ मा १ हजार ४ सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले १ हजार ६५, नेपाली कांग्रेसका भट्टराईले २ सय ६५ र नेकपा (एमाले)का खनालले ५४ मत प्राप्त गरे ।

आँबुखैरेनी–२ मा १ हजार ३ सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले ८ सय ८१, नेपाली कांग्रेसका भट्टराईले ३ सय ३६ र नेकपा (एमाले)का खनालले १ सय ८ मत प्राप्त गरे ।

आँबुखैरेनी–३ मा २ हजार १ सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले १ हजार ५ सय १८, नेपाली कांग्रेसका भट्टराईले ४ सय एक र नेकपा (एमाले)का खनालले १ सय ९१ मत प्राप्त गरे । आँबुखैरेनी–४ मा ६ सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले ३ सय ३२, नेपाली कांग्रेसका भट्टराईले २ सय ३७ र नेकपा (एमाले)का खनालले ८५ मत प्राप्त गरे । आँबुखैरेनी–५ मा ५ सय ७० मत खसेकामा रास्वपाका वाग्लेले ३ सय ७१, नेपाली कांग्रेसका भट्टराईले १ सय ४९ र नेकपा (एमाले)का खनालले २८ मत प्राप्त गरे । आँबुखैरेनी–६ मा ७ सय ४ मत खसेकामा रास्वपाका वाग्लेले २ सय ८१, नेपाली कांग्रेसका भट्टराईले २ सय ५९ र नेकपा (एमाले)का खनालले १ सय ३० मत प्राप्त गरे।

भानु–३ मा एक हजार ५ सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, नेपाली कांग्रेसका भट्टराईले चार सय १८ र नेकपा (एमाले)का खनालले तीन सय ५१ मत प्राप्त ग्रे । भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ५९, नेपाली कांग्रेसका भट्टराईले चार सय ८२ र नेकपा (एमाले)का खनालले तीन सय ९४ मत प्राप्त ग्रे । भानु–५ मा एक हजार पाँच सय ८४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ७६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ३१ र नेकपा (एमाले)का खनालले दुई सय ३७ मत प्राप्त गरे।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, नेपाली कांग्रेसका भट्टराईले तीन सय १२ र नेकपा (एमाले)का खनालले दुई सय ७० मत प्राप्त ग्रे। भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, नेपाली कांग्रेसका भट्टराईले चार सय ५८ र नेकपा (एमाले)का खनालले चार सय ३७ मत प्राप्त गरे ।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ५१ र नेकपा (एमाले)का खनालले तीन सय २९ मत प्राप्त गरे । भानु–११ मा दुई हजार १४ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार दुई सय दुई, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ९३ र नेकपा ९एमाले०का खनालले एक सय ८३ मत प्राप्त गरे।

तनहुँ क्षेत्र नं १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्