Shikhar Insurance
National Life

घट्यो जडीबुटी निकासी, राजस्व संकलन २ लाखमा सीमित

सिंहदरबार संवाददाता
२०८० बैशाख ११, सोमबार ११:४९
Hyundai
NCELL
NIMB

देउखुरी । दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा २ लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार ५ सय ३० किलो निकासा भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसपछि टिमुर ५३ हजार ५ सय ८६ किलो निकासा भएको छ । काउलो २१ हजार आठ सय ७५ किलो, रिठा १४ हजार दुई सय किलो, मालागेडी १३ हजार पाँच सय किलो निकासा भएको छ भने तेजपात ५ हजार ५ सय किलो, दालचिनी ७ हजार १ सय ४५ किलो, मालागेडी ५ हजार किलो निकास भएको छ । जसमा निजी वनबाट १ लाख ९४ हजार ३ सय ३६ किलो र राष्ट्रिय वनबाट २९ हजार ७ सय किलो गरी २ लाख २४ हजार २६ किलो जडीबुटी निकासा भएको छ ।

दाङबाट बितेको एक वर्षमा करिब साढे ४ लाख किलो जडीबुटी निकासा भएको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट ४ लाख ३८ हजार नौ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको थियो ।

वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी संकलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी संकलनको राजस्व पूर्णरुपमा छुट गरिएको छ । निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताए।

यसैगरी, राष्ट्रिय वन क्षेत्रबाट सबैभन्दा बढी दारुहल्दी ७ हजार ७ सय किलो निकास भएको छ । तेजपात ५ हजार किलो, टिमुर ४ हजार ५ सय किलो निकासा हुँदा कालीकाठ ४ हजार किलो निकासा भएको छ । रिठा ३ हजार किलो, दालचिनी ३ हजार किलो, मालागेडी ३ हजार किलो निकासा हुँदा २ लाख ३३ हजार ५ सय राजस्व संकलन भएको उनले बताए। राष्ट्रिय वनबाट विभिन्न १५ प्रकारका जडीबुटी संकलनको अनुमति दिइएकोमा निजी वन क्षेत्रबाट १३ प्रकारका जडीबुटी संकलनको अनुमति दिइएको थियो ।

यसअनुसार अघिल्लो वर्ष राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार ५ सय ५० किलो, रिठागेडी १६ हजार किलो, मालागेडी १४ हजार ५ सय किलो, तेजपात ७ हजार किलो, अमला ३ हजार किलो, बर्रो १ हजार ५ सय किलो, लहरे गुर्जो २ हजार ५ सय किलो, ब्राहमी १ हजार किलो र चुत्रो २ हजार किलो निकासी हुँदा ६ लाख ५३ हजार राजस्व संकलन गरेको डिभिजन वन कार्यालय घोराहीले जानकारी दिएको छ । यो वर्ष कम निकासा हुँदा राजस्व पनि घटेको छ ।

पछिल्ला केही वर्षयता जिल्लाबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको बेला यो वर्ष निकासा अपेक्षितरुपमा हुन सकेको छैन । जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने गत वर्षदेखि जडीबुटी खेती गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ ।

टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावनायुक्त क्षेत्र भएको डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिकाको १८ र १९ नम्बर वडा र बंगलाचुली गाउँ पालिकालाई गतवर्ष पकेट क्षेत्र समेत घोषणा गरेको छ । पकेट क्षेत्रमा टिमुरसँगै माला गेडी र दालचिनीका १ लाख ८४ हजार बिरुवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब १ लाख बढी बिरुवा टिमुरका मात्रै रहेका छन् ।

वनमा जडीबुटी खेती गरेर उपभोक्तालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले वन कार्यालयले जडीबुटी खेतीमा किसानलाई निःशुल्क बिरुवा वितरणदेखि बिरुवा संरक्षण गर्नेलाई प्रतिबिरुवा २० दिने गरेको छ । जसले गर्दा जिल्लामा जडीबुटी खेती गर्ने किसान बढेको डिभिजन वनको दाबी छ । जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जटीबुटीका बिरुवा रोपिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्