Shikhar Insurance
National Life

दावी भुक्तानीमा आक्रामक नेको, ९ महिनामा सवा अर्ब भुक्तानी, कृषिमै १० करोड

सिंहदरबार संवाददाता
२०८० बैशाख ११, सोमबार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा व्यवसाय प्रति विश्वास घटिरहेका बेला नेको इन्स्योरेन्स भने दावी भुक्तानीमा आक्रामक बनेको छ । कम्पनीले चालु आर्थिक वर्षका ९ महिनामा एक अर्ब २७ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । कम्पनीले कुल दावीको ७० प्रतिशत भुक्तानी गरेको बताएको छ । आर्थिक वर्ष सुरुहुँदा कम्पनीमा पुराना ३ हजार ९ सय ७३ दावी भुक्तानी गर्न बाँकी थियो । कम्पनीले चैत मसान्त अवधीसम्ममा ८ हजार ९ सय ५९ वटा दावी वापत एक अर्ब २७ करोड भुक्तानी गरेको हो ।

सोमध्ये २ हजार। २ सय ३० वटा दावी कृषि बीमाका थिए । कृषि बीमाको दावी वापत कम्पनीले १० करोड रुपैयाँ भन्दा बढी भुक्तानी दिएको छ । कम्पनीले बीमितको सुविधाका लागि गत पाँच वर्षदेखि ठाउँको ठाउँ दाबी भुक्तानी सेवा समेत सञ्चालन गर्दै आएको छ । दाबी भुक्तानीका लागि पेश गर्न बाँकी रहेको कागजपत्र पेश गरेर दाबी भुक्तानी लैजानका लागि कम्पनीले बीमितसँग अनुरोध पनि गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्