काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम राख्दै जित उन्मुख भएका छन् ।
अहिलेसम्म डाा. वाग्लेले १० हजार २ सय ५९ मत पाईसकेका छन् । उनी आफ्ना प्रतिद्धन्दी भन्दा दोब्बर मतले अघि छन् । डा. वाग्लेका प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।
एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने जम्मा २ हजार ७९७ मत मात्रै पाएका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका वाग्लेले त्यस्तो अग्रतालाई थप फराकिलो बनाउँदै लगिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्