काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो कसैसँग चुनावी तालमेल नरहेको स्पष्ट पारेको छ । चुनाव अगाडि रास्वपाले कसैसँग तालमेल वा गठबन्धन नगरेको स्पष्ट पारेको हो । रास्वपा नेतृ सुमना श्रेष्ठले भिडियो सन्देश मार्फत मतदातालाई भ्रममा नपर्न आग्रह गरेकी हुन् ।
रास्वपाको स्पष्टीकरण
रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोप्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ । यस खालका झुठा पाेष्टहरूप्रति सम्बन्धित सबै सजग रहनुहुन अनुराेध गर्दछाैं ।सामाजिक सञ्जालहरूकाे दुरुपयोग गरी भइरहेका यस खालका अफवाह फैलाउने/झुठकाे खेती गर्ने हरूकाे निगरानी तथा कानुन बमोजिम कारवाही गरियोस् भनी सम्मानित निर्वाचन आयाेग तथा अन्य सम्बन्धित निकायकाे समेत ध्यानाकर्षण गराउन चाहन्छौं । स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धा मार्फत् जनमत हासिल गरी देशकाे सेवामा समर्पित हाेओैं । यस्तो गलत अभ्यासले आजका नेपालीलाई भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्