Shikhar Insurance
National Life

आइतबार सेयर बजार खुल्ने, नयाँ स्टकका लागि आवेदन दिने अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८० बैशाख ९, शनिबार २२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । बैशाख १० गते आइतबारका दिन पनि सेयर बजार खुल्ने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इल उल फित्र शनिबार परेपछि सरकारले आइतबार दिने भनिएको सार्वजनिक बिदा कटौती गरिदिएको छ ।

गृहमन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै आइतबार सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उप फित्रका अवसरमा सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुस्लिम आयोगको सिफारिसमा त्यस्तो बिदा दिने भनिएको थियो । तर यसपाली बैशाख ८ गते चन्द्रमा देखिएको र बैशाख ९ गते इद पर्व मनाईएको थियो । शनिबार सार्वजनिक बिदाकै दिन इद पर्व परेकाले आइतबार सार्वजनिक बिदा नदिईएको हो । सार्वजनिक बिदा नदिने सरकारको निर्णयसँगै आइतबार सेयर बजार खुल्ने छ ।

त्यस्तै, नयाँ स्टक एक्सचेञ्जका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने पनि आइतबार अन्तिम दिन नै हो । शुक्रबार हिमालयन स्टक एक्सचेञ्जका नाममा एउटा मात्रै आवेदन परेको छ । शंकर ग्रुप, गाोल्छा ग्रुप, मुरारका ग्रुप, खेतान ग्रुप, दिपक भट्ट लगायतको लगानीमा हिमालयन स्टकको फाइल दर्ता भएको हो । यस अघि हिमालयन रिको लाइसेन्स लगेको समुहले नै स्टकमा पहिलो आवेदन दिएको हो ।

नयाँ स्टकमा ठूला घरानाबीच कुरा मिलेन्, छुट्टा छुट्टै भिड्दै, हिमालयनको आवेदन

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्