Shikhar Insurance
National Life

आइतबार सार्वजनिक बिदा नदिने सरकारको निर्णय, सबै कार्यालय खुल्ने

सिंहदरबार संवाददाता
२०८० बैशाख ९, शनिबार २२:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले बैशाख १० गते आइतबारका दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । गृहमन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै आइतबार सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो । मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उप फित्रका अवसरमा सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको थियो । मुस्लिम आयोगको सिफारिसमा त्यस्तो बिदा दिने भनिएको थियो ।

तर यसपाली बैशाख ८ गते चन्द्रमा देखिएको र बैशाख ९ गते इद पर्व मनाईएको थियो । शनिबार सार्वजनिक बिदाकै दिन इद पर्व परेकाले आइतबार सार्वजनिक बिदा नदिईएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्