Shikhar Insurance
National Life

योजना आयोगमा थपिए दुई नयाँ सदस्य, पौडेल र बिछा बने माननीय

सिंहदरबार संवाददाता
२०८० बैशाख ८, शुक्रबार १८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ । बजेट बनाउने चटारोमा रहेका बेला सरकारले योजना आयोगमा विज्ञहरु नियुक्त गरेको हो । सरकारले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रिय विभागका सह प्राध्यापक डा. रामेशचन्द्र पौडेललाई सदस्य बनाएको छ ।

त्यस्तै, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक रहिसकेका प्रा. डा.आरपी बिछालाई सदस्य नियुक्त गरेको हो । उनीहरु दुबैले सपथ ग्रहण गरेर कार्यभार समेत सम्हालिसकेका छन् । सरकारले यस अघि नै डा. मिन बहादुर श्रेष्ठलाई आयोगको उपाध्यक्ष नियुक्त गरिसकेको थियो भने डा. राम कुमार फुयाँल र डा. जय कान्त राउतलाई योजना आयोग सदस्य बनाईसकेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्