Shikhar Insurance
National Life

तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन बालेन साहलाई सर्वाेच्चको आदेश

सिंहदरबार संवाददाता
२०८० बैशाख ८, शुक्रबार १७:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वाेच्च अदालतले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले त्यस्तो आदेश दिएको हो । ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’, आदेशमा भनिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्