Shikhar Insurance
National Life

दोल्ती पावरको आईपीओमा एक भाग्यमानीले पाए ११ किताः कसरी हेर्न सकिन्छ रिजल्ट ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ८, शुक्रबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाट भएको छ । कम्पनीले चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा शुक्रबार दिउँसो ३ बजे सेयर बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा १३ लाख ८३ हजार ७२४ आवेदकबाट १ करोड ५२ लाख ६७ हजार ३६० कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमध्ये १ लाख १० हजार २७४ को आवेदन रिजेक्ट भएका छन् । यस्तै ४ हजार ५०४ जनाको आवेदन रद्ध भएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस अनुसार कम्पनीको आईपीओमा १२ लाख ६८ हजार ९४६ जनाको मात्रै योग्य आवेदन परेको थियो । कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण गरेको हो।

त्यस अनुसार कुल योग्य आवेदक मध्ये १ लाख २७ हजार १८६ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । त्यस मध्ये पनि भाग्यमानी एक जनाले थप एक कित्ता अर्थात ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयर मात्रै सर्वसाधारणको लागि वितरण गरेको हो ।

कम्पनीको आईपीओको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट हेर्न सकिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्