Shikhar Insurance
National Life

आईएमई अटोमोटिभ एस्कर्टस्द्वारा १५ जना महिलालाई हेभी ईक्यूपमेन्ट अपरेटर तालिम

सिंहदरबार संवाददाता
२०८० बैशाख ७, बिहीबार १९:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरूलाई निशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्‍घाटन गरेका छन् ।

कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीप युक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखे । उनले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोचमा समेत परिवर्तन आउने बताए । “हामीले सवारी चालक भन्ने बित्तिकै पुरुषलाई बुझ्ने गर्छौ ।

तर समय बदलिएको सँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमा समेत महिलाहरूले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् । तपाईहरु पनि त्यो पुरातन सोच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ ।

तपाईहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपूर प्रयास गर्नु होला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ,” उनले भने ।

तालिममा सहभागी महिलाहरूलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ । तालिममा १५ जना महिलाहरू सहभागी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्