Shikhar Insurance
National Life

सिटिजन्स बैंकको १७औं वार्षिकोत्सव कार्यक्रमः सामाजिक कार्य सँगै सेवा शुल्कमा छुट

सिंहदरबार संवाददाता
२०८० बैशाख ७, बिहीबार १९:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साथै, बैंकको कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा करिब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा बैंकले आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, बैंकले स्नो याक फाउन्डेशनलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गराएको छ । बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ६२ अर्व रहेकोमा कर्जा तर्फ १ खर्ब ४३ अर्ब रहेको छ । यसै अवधिमा बैंकले करिब १ अर्ब २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्