Shikhar Insurance
National Life

घोराही सिमेन्टलाई प्रिमियममा आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति, प्रति कित्ता कति ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ७, बिहीबार १८:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीलाई नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथाा बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आयोजना प्रभावित तथा सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न बैशाख ६ गते अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि कुल ३ अर्ब ४४ करोड १६ लाख ६१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता अंकित मूल्य ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणको लागि प्रति कित्ता अंकित मूल्य ४३५ रुपैयाँका दरले ७५ लाख ४६ हजार ६११ कित्ता आईपीओ निष्काशन तथा बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्