Shikhar Insurance
National Life

वायुसेवा निगमबाट जहाज खरिदका लागि लिएको ऋणको करिब ३ अर्ब साँवा र ब्याज भुक्तानी

सिंहदरबार संवाददाता
२०८० बैशाख ७, बिहीबार १४:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब ३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८ सय ४४ भुक्तानी गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको विसं २०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।

निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा ५३ करोड ९ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ । सोही वर्षको असारमा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार दुई सय ८१ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८ सय ४४ रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

विश्वव्यापी कारोना महामारीका कारण निगमको व्यापार खुम्चियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुबै कोषलाई नियमितरुपमा किस्ता तिर्न सकिएको प्रवक्ता पौडेलले बताए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्