Shikhar Insurance
National Life

चार दिनपछि बढ्यो बजार, स्वावलम्बन लघुवित्तको संस्थापक सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० बैशाख ६, बुधबार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताकको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । गत साताको बिहीबारदेखि निरन्तर घटेको सेयर बजार आज भने दोहोरो अंकको सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १५.१३ अंकले बढेर १,९२०.१२ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.८५ अंकले बढेर ३६५.९० को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरीमा २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार ३.०७ अंकले घटेरको बजारमा ८७ करोड ४ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार कारोबारमा आएको १६७ कम्पनीको सेयर मूल्य बढेको छ । ४१ कम्पनीको सेयर मूल्य घटेको छ । भने, १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार यसदिन कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावर कम्पनीको सेयर सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, गुँरास लघुवित्तकोे ९.५९ प्रतिशत, ९.५ प्रतिशत एनसीसी डिबेन्चर्स २०८६ को मूल्य ८.२१ प्रतिशत र समलिङ्ग पावर कम्पनीको सेयर मूल्य ८.०६ प्रतिशतले बढेको छ । बाँकी कम्पनकिो सेयर मूल्य ७.०१ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको आर्दश लघुवित्तको सेयर नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमको आधारमा स्वावलम्बन लघुवित्तको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ । लघुवित्तको ८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, नबील बैंकको ३ करोड ६६ लाख, एनआइसी एशिया बैंकको ३ करोड १८ लाख, शिवम् सिमेन्टको ३ करोड १७ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

१२ वटा समूहगत उपसूचक बढेको छ भने, म्यूचुअल फण्ड समूहको परिसूचक ०.४७ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्