Shikhar Insurance
National Life

दिल्लीकाे एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

सिंहदरबार संवाददाता
२०८० बैशाख ६, बुधबार १४:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ ।

उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । पाैडेललाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएर उपचार सुरु गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्