Shikhar Insurance
National Life

उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दललाई आयोगको आग्रह

सिंहदरबार संवाददाता
२०८० बैशाख ६, बुधबार १३:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।

निर्वाचन प्रयोजनका लागि लागू भएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड ९५० मा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । यो व्यवस्था नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा राजनीतिक दलले आफ्नो निर्वाचन प्रचारप्रसार गर्न पाउन् भन्ने उद्देश्यले राखिएको आयोगले स्पष्ट पारेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोगका सहायक प्रवक्ता गुरूप्रसाद वाग्लेले आज विज्ञप्ति जारी गरी उपनिर्वाचन हुन गइरहेका जिल्लामा हेलिकप्टर प्रयोग नगरी प्रचारप्रसार गर्न सकिने अवधि पर्याप्त रहेको र यातायातको सहज पहुँच रहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि हेलिकप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्तसमेतको प्रतिकूल हुने भएकाले उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकलाई हेलिकप्टर सेवा प्रयोग नगर्न सूचित गरिएको छ ।

निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमतिविना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन आयोगले आग्रह गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्