Shikhar Insurance
National Life

गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यकः सांसद चौधरी

सिंहदरबार संवाददाता
२०८० बैशाख ५, मंगलवार १८:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सांसद विनोदकुमार चौधरीले गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धारका लागि नेपालले भारतसँग पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा यो विषय उठाइनुपर्ने बताए।

“पचास वर्षदेखि बर्दघाट सुस्ता पश्चिम निरन्तर पीडा, आक्रोश, उपेक्षा र चरम दुःख भोगिरहेको छ । हरेक वर्ष सुस्ता र गण्डकको बाढीका कारण हजारौं परिवारको खेत डुबानमा पर्छ । ठूलो जनधनको क्षति हुन्छ,” सांसद चौधरीले भने, “पाँच दशक पूराना संरचना जीर्णोद्धार गर्ने विषय प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा महत्वपूर्ण एजेन्डाका रुपमा उठाइनुपर्छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको पाँच वर्षसम्म पनि बन्न नसक्नुको कारण खोजिनुपर्ने बताए। “सुदूरपश्चिमको राजधानी कसले बनाउने हो ? तत्कालीन प्रदेशसभाको दुई तिहाइले गोदावरीलाई प्रदेश राजधानी भन्यो । २०७५ सालमा राजधानी घोषणा भएर पनि अहिलेसम्म निर्माण हुन नसक्नुको कारण के हो ?” उनले भने ।

शून्य समयमा बोल्दै अर्का सांसद बीना जयसवालले नेपाल हिन्दू राष्ट्र कायम हुनुपर्ने धारणा राखे।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्