Shikhar Insurance
National Life

घटेको बजारमा कालिञ्चोक दर्शनको सेयरमा पोजेटिभ सर्किट, अन्य कुनले कति कमाए?

सिंहदरबार संवाददाता
२०८० बैशाख ५, मंगलवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । गत साताको बिहिबारदेखि घटेको सेयर बजार निरन्तर चौथो कारोबार दिन पनि ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३.०७ अंकले घटेर १,९०४.९८ विन्दुमा झरेको छ।यसदिन सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंकले बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार नेप्से परिसूचक घटेपनि कालिञ्चोक दर्शनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।त्यसैगरी, मोलुङ्ग हाइड्रोपावर कम्पनीको ९.९७ प्रतिशत, सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ७.३३ प्रतिशत र जोशी हाइड्रोपावरको सेयर मूल्य ६.०५ प्रतिशत बढेको छ। भने बाँकी कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको खप्तड लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.०५ प्रतिशत घटेको छ।

नेप्से घटेसँगै मंगलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २६६ कम्पनीको २४ हजार ४२९ पटकको कारोबारमा ८७ करोड ४ लाख ४८ हजार रुपैयाँ बराबरको २९ लाख ७५ हजार ९२० कित्ता सेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। प्रभु बैंकको ५ करोड २६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको ३ करोड ९८ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३६ लाख र एनआइसी एशिया बैंकको २ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१२ प्रतिशत घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्