Shikhar Insurance
National Life

फास्ट ट्रयाकको प्रगति हेर्न प्रचण्ड फिल्डमा

सिंहदरबार संवाददाता
२०८० बैशाख ५, मंगलवार १३:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं–निजगढ द्रूतमार्ग (फास्ट ट्रयाक) को स्थलगत अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले महादेवटार र लेनडाडाको सुरुङ्गमार्ग निर्माणस्थल तथा राजदमारको ट्रयाकको समेत अवलोकन गरेका छन् ।

उनको साथ उपप्रधान तथा रक्षामन्त्री, अर्थमन्त्री, भौतिक पुर्वाधार तथा यातायातमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, मुख्यसचिव, सेनाप्रमुख तथा सचीवहरु सहभागी थिए । राजदमारमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

७६ दशमलव २ किलो मिटर लम्बाइ रहेको द्रूतमार्गको चौडाई एक सय ३५ मिटर रहेको छ । काठमाडौँ उपत्यकालाई तराई सँग सडक सञ्जालमा जोड्ने सबै भन्दा छोटो दूरीको यो सडक निर्माणको जिम्मा २०७४ साल वैशाख २१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्