काठमाडौं । राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो ।
बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्ने संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्