Shikhar Insurance
National Life

९ महिनामा १३ अर्ब ७७ करोड नाफा विदेशियो, चैत महिनामा मात्रै सवा ३ अर्ब लाभाशं सिफारिस

सिंहदरबार संवाददाता
२०८० बैशाख ४, सोमबार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा करिब १४ अर्ब रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको ९ महिनाको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो ।

विभागले यस अवधिमा रोयल्टीबापत २ अर्ब ११ करोड ६ हजार ६३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

चैत महिनामा सवा तीन अर्ब लाभाशं फिर्ता

विभागले चैत महिनामा मात्रै ३ अर्ब १४ करोड ५३ लाख २२ हजार २३५ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै २० करोड ६० लाख ९ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, १५ लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो ।

यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र ५ सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

९ महिनामा २ सय ९८ वटा उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार ३ सय ७३ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै ८ अर्ब ९१ करोड १२ लाख ६४ हजार ६ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ ।

विभागको तथ्याङ्क अनुसार हालसम्म ४ खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्