Shikhar Insurance
National Life

आन्तरिक राजस्व सङ्कलन गत वर्षको तुलनामा साढे पाँच अर्ब न्यून

सिंहदरबार संवाददाता
२०८० बैशाख ३, आईतवार १८:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्बले न्यून देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व सङ्कलन ३ खर्ब ३७ अर्ब १० करोड २० लाख रुपैयाँ बराबर छ । गत आवको सोही अवधिमा सरकारले ३ खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ बराबर कर उठाएको थियो । अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको सुरुआती नौ महिनाको आन्तरिक राजस्व सङ्कलनको तुलनामा चालु आवको सोही अवधिमा ५ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ कम कर उठेको छ । जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो । चालु आवको चैत मसान्तसम्ममा सरकारले १ खर्ब ५० अर्ब २० करोड रुपैयाँ बराबर आयकर उठाएको छ । जबकी गत आवको यही अवधिमा १ खर्ब ६५ अर्ब ४५ करोड आयकर संकलन भएको थियो ।

९ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट सङ्कलन) ७८ अर्ब ८९ करोड ६५ करोड रुपैयाँ बराबर छ । अन्तःशुल्कतर्फ ७४ अर्ब २८ करोड ९२ लाख रुपैयाँ बराबर असुली भएको छ । यही अवधिमा घरबहाल करतर्फ १ अर्ब ९७ करोड, स्वास्थ्य सेवा करतर्फ ५ अर्ब २५ करोड रुपैयाँ र शिक्षा करतर्फ १ अर्ब २६ करोड रुपैयाँ बराबर उठेको विभागको तथ्याङ्कबाट देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्ममा कूल सरकारी राजस्व सङ्कलन भने वार्षिक लक्ष्यको ४७.६७ प्रतिशत बराबर मात्रै देखिएको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म ७ खर्ब २४ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै राजस्व सङ्कलन भएको देखिएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्