Shikhar Insurance
National Life

भारतबाट बढेर आयो इन्धनको मूल्य, के गर्छ आयल निगम ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ३, आईतवार १८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । इण्डियन आयल कर्पाेरेशन(आईओसी)ले इन्धनको नयाँ मूल्य सूचि पठाएको छ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेश थानीका अनुसार आईओसीले पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ ३३ पैसा र र डिजेलमा प्रतिलिटर २० पैसाले मूल्य बढेको सूचि पठाएको हो ।

आईओसीले निगमलाई प्रत्येक १५ दिनमा नयाँ मूल्य सूचि पठाउने गरेको छ । आईओसीको मूल्य सूचिपछि निगमले नेपालमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरुले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि भैरहेको छ।  निगमले प्रधानमन्त्री प्रचण्डको निर्देशनमा डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्