Shikhar Insurance
National Life

२०८०को पहिलो कारोबार दिन नेप्सेसँगै घट्यो कारोबार रकम, ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० बैशाख ३, आईतवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । वि. सं. २०८० को पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार २९ अंकले घटेर बन्द भएको नेप्से आज भने ०.१४ प्रतिशत घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबार दिन २.८० अंक घटेर १९३१.६८ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार नेप्से घटेपनि ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आदर्श लघुवित्त, मोलुङ्ग हाइड्रोपावर र कालिञ्चोक दर्शनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ७.४३ प्रतिशत र धौलागिरी लघुवित्तको छ.६४ प्रतिशतले बढेको छ । भने बाँकी कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको एशियन हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ७.८३ प्रतिशतले घटेको छ। त्यसैगरी, सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ६.७६ प्रतिशतले घटेको छ

नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन नेप्से २९ अंकले घट्दा १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । भने यस दिन २६५ कम्पनीको ३३ हजार १४९ पटकको कारोबारमा ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको ३० लाख ५६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ। होटलको ३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआईसी एशिया बैंकको ३ करोड ६४ लाख र शिवम् सिमेन्टको ३ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.६५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.९८ प्रतिशत घटेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्