Shikhar Insurance
National Life

सिटिजन्स बैंकको नयाँ वर्ष योजना, क्यासब्यक देखि निःशुल्क इ-कम कार्ड अफर

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३०, बिहीबार १६:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना सार्वजनिक गरेको छ । बैंकको वैशाखको पहिलो सातदिनका लागि लागू् हुने गरि बैंकका विभिन्न क्यास लेस कारोबारमा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो ।

जस अन्तर्गत डेबिट क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाईन मार्फत १ रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा २ सयसम्म क्यासब्याक पाउने छन् । यसैगरी क्यु आर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुले पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा २ सयसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ-कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ । त्यसैगरि बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यले यो योजना अवधिभर ग्राहकको लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ ।

साथै, बैंकका निष्कृय खाता भएका ग्राहकलाई समेत खाता सक्रिय गरि कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ठ २ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस्ता नगद रहित कारोबारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहकवर्गलाई समेत लाभ पुग्ने विश्वास बैंकको रहेको जनाएको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्