नेपाल उद्योग बाणिज्य महासंघमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । राति ८ बजेटबाट मतगणना गर्ने तयारी भैरहेको निर्वाचन प्रमुख लिलामणि पौडेलले बताए ।
महासंघमा जिल्ला नगर र वस्तुगतर्फत शतप्रतिशत मत खसेको छ । एसोसिएटमा भने एक हजार ६ सय ६४ मध्ये एक हजार ६ सय ४९ मत मात्र खसेको छ ।
महासंघमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि मतदान भएको हो । बरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सघाईले प्रतिष्पर्धा गरेका छन् ।
एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र भरत आचार्य प्रतिष्पर्धामा छन् भने । बस्तुगत तर्फ भने हेमराज ढकाल, मनिषलाल प्रधान र सकुन्तलाल हिराचनबीच प्रतिष्पर्धा छ । जिल्ला नगर तर्फ भने दिनेश श्रेष्ठ, अरुण राज सुमार्गी र सुरकृष्ण बैद्य प्रतिष्र्पामा छन् ।
प्रतिक्रिया दिनुहोस्