Shikhar Insurance
National Life

सन नेपाल लाइफ इन्स्योरेन्सकाे वार्षिक सााधारण सभा सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ चैत्र २९, बुधबार १९:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ र छैठौं वार्षिक सााधारण सभा सम्पन्न गरेको छ । आज बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा उक्त सभा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीका संचालक समिति अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७/०७८ र २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ र २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त साधारण सभाबाट आर्थिक बर्ष २०७९/८० को लागि लेखापरीक्षकमा के.पि.आर. एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रवन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव समेत पारित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्