काठमाडौं । इटहरी तथा सुनसरीका कोरोना सङ्क्रमित पत्रकार तथा सञ्चारकर्मीको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले ध्यानाकर्षणपत्र बुुझाएका छन् ।
अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्स कम्पनी काठमाडौँमा बुधबार ध्यानाकर्षणपत्र बुुझाउँदै कोरोना सङ्क्रमित सञ्चारकर्मीको कोरोना बीमाबापतको रकम उपलब्ध गराउन माग गरे ।
कम्पनीका कोभिड इञ्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै अधिकारीले कूल ४८ मध्ये ३० जनाको एक लाखका दरले बीमाबापतको रकम उपलब्ध भए पनि बाँकी १८ जनाको रकम तत्काल उपलब्ध गराउन आग्रह गरे ।
ध्यानाकर्षणपत्र बुुझ्दै कार्कीले हालसम्म सुुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्तामा बसेर भुक्तानी दिइने प्रतिबद्धता व्यक्त गरे । यसअघि युुनियनले कोभिड महामारीको समयमा सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो । जसमध्ये ४८ जना सङ्क्रमित भएका थिए भने हालसम्म ३० जनाले रु एक लाखका दरले भुक्तानी पाइसकेका छन् ।
सभापति अधिकारीले भने, “हाम्रो अहिलेको कार्यकाल पूरा हुन लाग्दा आफ्नो जिम्मेवारी पूूरा गर्ने उद्देश्यले आज ध्यानाकर्षण पत्र बुुझाएका हौं, चाँडै नै रकम पनि उपलब्ध हुने विश्वास छ ।”रासस
प्रतिक्रिया दिनुहोस्